नेपाल हेल्थ न्युज, पुने भारत । नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले नेपालको नियम कानुनमा रहन सबै कम्पनिहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले भारतबाट आयात गरिने आहारपुरक, न्युट्रास्युटिकल्स र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।
फर्मा इएक्सको आयोजनामा भारतको पुनेमा आजदेखि शुरु भएको दुई दिने न्युट्रास्युटिकल कस्मास्युटिकलको प्रदर्शनीमा अतिथीको आसनबाट बोल्दै उहाँले भन्नुभयो–‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गराएर मात्र सामान ल्याउनुहोला । उहाँले पैसाको लोभमा आहारपुरक र कस्मास्युटिकलको गुणस्तरमा सम्झौता नगर्न जिकिर गर्नुभयो ।
अध्यक्ष रञ्जितले भन्नुभयो— ‘आहारपुरक, न्युट्रास्युटिकल, कस्मास्युटिकल जनस्वास्थ्यसँग सम्बन्धित भएकाले बट्टामा लेखिए अनुसारको इन्ग्रिडेन्ट अनिवार्य हुन जरुरी छ ।’
सो प्रदर्शनीमा भारतका २०० सय भन्दा बढी खाद्यपुरक, न्युट्रास्युटिकल एवं कस्मास्युटिकल कम्पनिहरुले भाग लिएका छन् ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

