
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ ।जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा यस बर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेकाले डेंगु बढ्ने मन्त्रालयले जनाएको छ ।
मनसुनसँगै लामखुट्टेको प्रजननका लागी अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ, मन्त्रालय प्रवक्ता डा। प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत ६ महिनामा ७२ वटा जिल्लाहरूबाट १२४१ जना डेंगीका बिरामी फेला परेको मन्त्रालयले उल्लेख गरेको छ । डेंगी रोगको मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्खु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता विमिराहरू आउनु, वाकवाकी लग्नु वा वान्ता हुनु पर्दछन्। एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तश्राव, धेरै पेट दुखाई, श्वासप्रस्वासमा समस्या, र वेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य सँस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ ।
डेंगीको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरुमा बर्षातको समयमा हुन सक्ने डेंगी लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आबश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको जनाएको छ ।
संघ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न संचारका माध्यमहरूमा सन्देशमुलक सूचना प्रकाशन र प्रसारण, रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउने जस्ता गतिविधिहरू यस मन्त्रालयबाट भइरहेको पनि बताइएको छ । डेंगी रोग निदानका लागि चाहिने रोग निदान किट, औषधो उपचार र अन्य आबश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ ।
डेंगी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाईबाट जोगिनु नै हो तसर्थ आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पुरै शरिर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने डा। बुढाथोकीले बताएका छन् ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
