
नेपाल हेल्थ न्युज, सिन्धुपाल्चोक (चौतारा) । कुनै बेला ओझेलमा परेको आयुर्वेद उपचार विधिप्रति पछिल्लो चरणमा भने बिरामीहरूको आकर्षण बढ्न थालेको छ ।
आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको भीड लागेको हो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएको चिकित्सालयले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको विश्वास बढ्न थालेपछि चिकित्सालयले पनि थप सेवाहरू सुचारु गरेको डा. अञ्जु कार्कीले जानकारी दिनुभयो ।
चिकित्सालयमा बहिरङ्ग सेवा बाहेक स्तनपायी, पूर्व कर्म, पञ्चकर्म, योग, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका चिकित्सालयले जनाएको छ । अकुपञ्चर गर्ने बिरामीको सङ्ख्या धरै हुन सक्ने भएपनि दक्ष जनशक्तिको अभावमा अकुपञ्चर सेवा भने हाल स्थगन गरिएको डा. कार्कीले जानकारी दिनुभयो ।
पछिल्लो समय युवाहरू भन्दा पनि ज्येष्ठ नागरिकहरू उपचारका लागि आयुर्वेद जान थालेका छन् । एक प्रकारले चिकित्सालय महिला र ज्येष्ठ नागरिकहरूको उपचारको केन्द्र नै बनेको डा कार्कीले बताउनुहुन्छ । हुन पनि तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३६४ जना पुरुष र १३६९ जना महिला गरि जम्मा २७३३ जना ज्येष्ठ नागरिकले सेवा लिएको छ । गत आर्थिक वर्षमा जम्मा २२५१ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।
पछिल्लो समय चिकित्सालयमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पनि अस्पताल निर्माणका लागि पहल थालेको छ । हालको चिकित्सालय बस्तीबाट अपायक ठाउँमा रहेको कारण पायक पर्ने ठाउँमा चिकित्सालयका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । चिकित्सकसहित झण्डै ११ जनाको दरबन्दी रहने सो अस्पतालका लागि झण्डै सात रोपनी जग्गाको आवश्यक पर्ने र जग्गाका लागि नगरपालिकाले खोजी कार्य गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले बताउनुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
