
नेपाल हेल्थ न्युज, ललितपुर । नेपालमै पहिलोपटक ललितपुरको बिएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी भएको छ ।
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट एकैदिन ३ जना महिलाहरूको सफल शल्यक्रिया गर्नुभएको हो ।
ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञ डा. शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकाल्नुभएको हो ।
रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल भएपछि डा. शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भएको बताउनुभएको छ ।
शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको उहाँको भनाई छ । रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ ।
यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उहाँको भनाई छ । 'रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न ।'-उहाँले भन्नुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

