
नेपाल हेल्थ न्युज । इन्डोनेशियामा एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। आफ्नो बच्चाका लागि औषधि खोज्न भनेर घरबाट हिँडेकी ३६ वर्षे महिला हराएपछि खोजी गर्दा उनलाई अजिङ्गरले खाएको पत्ता लागेको थियो।
उनका श्रीमान् ३० वर्षीया एडियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा रहेको आफ्नो घरबाट करिब ५०० मिटर जमिनमा उनको चप्पल र प्यान्ट फेला पारे । उनले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर सर्प देखे। अजिंगरको पेट धेरै ठूलो देखेपछि उनलाई शंका लाग्यो । अजिङ्गर पेट चिरेर हेर्दा पेटभित्र उनको पत्नीको शव भेटियो ।
अजिङ्गर वा सर्पले हतपत मान्छेको सिकार गर्दैन। तर इन्डोनेशियामा एक महिनाभित्र यो घटनासहित दुई महिलालाई अजिङ्गरले निलेको छ।
स्थानीय पर्यावरणवादी अभियानकर्मीहरू वनफँडानीका कारण वन्यजीवको वासस्थान मासिएको हुँदा अजिङ्गर र मानिसबीच द्वन्द्व बढेको बताउँछन्। बीबीसी
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

