
नेपाल हेल्थ न्युज, क्वालालम्पुर । मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।
घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ ।
ग्यास चुहावटका पीडितहरू चक्कर आउने वाकवाकी लाग्नेलगायतका समस्याबाट पीडित भएको स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले विज्ञप्तिमा उल्लेख गर्नुभयो ।
अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अन्य चौध जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् । प्रभावित व्यक्तिहरू सबै उक्त स्थल प्रयोग गर्ने तीनवटा कम्पनीमा कार्यरत छन् ।
अधिकारीका अनुसार सार्वजनिक सुरक्षामा कुनै खतरा बढेको छैन भने घटनाले यात्रु वा उडानलाई असर पनि गरेको छैन । प्रहरीका अनुसार नौ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो ।
मुहम्मद नूरका अनुसार चुहावट भएको ग्यास मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ । रासस/एएनआई
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
