
नेपाल हेल्थ न्युज, धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ । कोशी प्रदेशमा यस आर्थिक वर्षको असार २१ गतेसम्म ३८ हजार ३ सय ८४ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने सबैभन्दा कम ताप्लेजुङ जिल्लामा देखिएको छ ।
शुक्रवारसम्ममा सुनसरीमा २० हजार ९९, मोरङमा ६ हजार ८ सय ६, झापामा ४ हजार ९ सय १८, सङ्खुवासभामा १ हजार ७ सय ८ र उदयपुरमा १ हजार ३ सय ६३, पाँचथरमा ९ सय ६०, धनकुटामा ७ सय ४८ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै, इलाममा ६ सय ३५, भोजपुरमा ५ सय ९८, तेह्रथुममा २ सय ४८, ओखलढुङ्गामा १ सय १६, खोटाङमा ९२, सोलुखुम्बुमा ५२ र ताप्लेजुङमा ४१ जनामा संक्रमण देखिएको बस्नेतले बताउनुभयो ।
डेंगी सङ्क्रमणबाट हालसम्म कोशी प्रदेशमा १८ जनाको मृत्यु भएकोमा सुनसरीका १३ र झापाका ५ जना रहेको निर्देशनालयका फोकल पर्सन सुरक्षा खत्रीले जानकारी दिनुभयो ।
डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन खत्रीले जानकारी दिनुभयो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

