नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजिनामा दिनुभएको छ ।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री यादवले शुक्रबार राजिनामा दिनुभएको हो ।
जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँले लगभग ५३ दिन मात्र स्वास्थ्य मन्त्रीमा रहेर काम गर्ने अवसर पाउनुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

