नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) ले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनकालागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ ।

‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ करिब ३ महिना अगाडि स्थापना भएको एनएनसिएको पहिलो बैठकले सो निर्णय गरेको हो ।
बैठकले आहारपुरक र सौन्दर्यवद्र्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत निर्णय गरेको छ ।
काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउसमा असार २० गते सम्पन्न उक्त कार्यक्रममा एनएनसिएका केन्द्रिय अध्यक्ष विप्लभ रञ्जितले सम्पूर्ण सदस्यहरुको व्यवसाय सुरक्षाका लागि आफू सँधै लडिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले साथ र सहयोगका लागि सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनुभयो ।
उक्त बैठकमा एनएनसिएले स्थापना कालदेखि आजसम्म करिब २ महिनाभित्र गरेका गतिविधि समेटेर एनएनसिएका केन्द्रिय महासचिव सुरज पौडेलले सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमा महासचिव पौडेलले अहिले बजारमा रहेका विविध समस्याहरुको समाधानका लागि विभिन्न सरोकारवाला निकायहरुको समन्वय विभागीय प्रमुखहरुसँगको छलफल, मन्त्रालयमा भएको छलफल, उच्च राजनीतिक दलका उच्च पदस्थ नेताहरुसँगको छलफलका विषयमा प्रष्ट पार्नुभएको थियो ।
बैठकबाट आगामी कार्ययोजनाको बारेमा बृहत छलफल भएको थियो । उपस्थित सम्पूर्ण सदस्यहरुको सक्रिय सहभागिता रहेको बैठकमा सदस्यहरुले एनएनसिएको सम्पूर्ण गतिविधिहरुलाई आफूहरुले नजिकबाट नियालेको र अहिलेसम्मको छोटो समयमा सम्पन्न गरेका कार्यहरु प्रति निकै प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आगामी दिनमा एनएनसिएलाई हरकदममा आर्थिक र भौतिक रुपमा सहयोग गर्न तयार रहेको समेत सदस्यहरुले प्रतिवद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा करिब ४५ जना सदस्यको उपस्थित रहेको थियो ।
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२