नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित शुक्रा हाउस् अफ डाईग्नोष्टिक एण्ड वेलनेश सेन्टरले बहु विषेशज्ञ निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो सेवा शुभारम्भ गरेको एक वर्षको अवसरमा आषाढ २२ गते आयोजित एकदिने शिविरमा १४३ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा पाएका छन् । शिविरमा जनरल फिजिसियन, छाला तथा सौन्दर्य रोग, स्त्री तथा प्रसुती सेवा, रगत सम्बन्धि रोग, मधुमेह, थायराइड तथा हर्मोन, मुटु रोग, बाथरोग र ब्रेस्ट क्यान्सर सम्वन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा करिव १३५ जनाको ल्याव प्रयोगशाला सेवा अन्तर्गत रगतको विभिन्न जाँच गरिएको थियो ।
बिरामीको चाप र मागलाई मध्यनजर गर्दै विभिन्न किसिमका शिविर तथा जनचेतना कार्यक्रम छिटै नै गर्ने यस संस्थाका प्रशासन प्रमुख रोजिका प्रधानले बताउनुभयो ।
‘नतिजा जहाँ महत्वपूर्ण छ’ भन्ने मुल नाराका साथ वि.सं. २०८० जेठ ३ गते औपचारीक रुपमा काठमाडौंको मुटु पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिको स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटी विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
नेपालमा लगभग ६० देखि ७०प्रतिशत परीक्षणहरू अझै पनि नेपालबाट अन्य देशहरूमा पठाइन्छ, जसले गर्दा बिरामीको उपचारमा ढिलाइ हुने र व्यक्तिको साथै देशको आर्थिक बोझ बढ्ने हुँदा, सकेसम्म यसको रोकथाममा यस संस्था अग्रसर रुपले अगाडि बढिरहेको छ ।
यस संस्थाले विशेष निदान परीक्षणमा मात्र नभई चिकित्सा क्षेत्रमा पनि अग्रणी बन्ने लक्ष्य राखेको छ । जसमा स्वस्थ जीवनशैलीलाई प्रवद्र्घन गर्ने कार्यहरु समावेश गरेका छन् यस संस्था मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित गर्दछ । अरु ल्याब भन्दा छुट्टै गुणस्तरीयसेवाको पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्घ छन् ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
