
नेपाल हेल्थ न्युज, विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ ।
गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गर्नुभएको हो ।
यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताउनुभयो ।
कार्यक्रम स्वीकृत भए पछिको दशकहरूमा भएको प्रगतिलाई उल्लेख गर्दै गुटेर्रेसले पहिलेभन्दा धेरै महिलाहरूले आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्यु सन् २००० बाट ३४ प्रतिशतले घटेको छ ।
महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो । एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसले बताउनुभयो ।
केही स्थानहरूमा, महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण बिषयहरूमा सुधार आएको उहाँले उल्लेख गर्नुभयो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
