
नेपाल हेल्थ न्युज, लमजुङ । यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका-२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
क्बलका अध्यक्ष एवम् राइनास-२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताउनुभयो । एम्बुलेन्स खरिद गर्दा २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा चार लाख ३० हजार उहाँले जानकारी दिनुभयो ।
“स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गर्नुभएको छ । क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । २४ लाख ४० लाख खर्च भएको जनाउँदै २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराउनुभएको उहाँले बताउनुभयो ।
भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताउनुभयो । गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजान सहज भएको स्थानीय बताउँछन् । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
