
नेपाल हेल्थ न्युज, काठमाडौँ । विशेषगरी जीवनशैलीसँग सम्बन्धित समस्याबाट महिलाहरु पीडित हुने गरेका छन् । महिनावारी (पिरियड्स), हर्मोनल चेन्ज बाहेक यस्ता थुप्रै समस्या छन् जसबारे आज पनि कतिपय महिलाहरु खुलेर कुरा गर्न हिचकिचाउँछन् । यी मध्ये एक समस्या हो ‘ग्यालेक्टोरिया’ । ‘ग्यालेक्टोरिया’ स्तनपान वा गर्भावस्था नभए पनि महिलाको स्तनबाट दूध निस्कने अवस्था हो ।
के हो ग्यालेक्टोरिया ?
महिलाको स्तनबाट असामान्य रूपमा दूध उत्पादन र स्राव हुने अवस्थालाई ग्यालेक्टोरिया भनिन्छ । यो अवस्था ती महिलाहरूमा पनि देखिन्छ जो गर्भवती छैनन् र आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदैनन ।
चिकित्सकका अनुसार २० देखि २५ प्रतिशत महिलाले ग्यालेक्टोरियाजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । तर, पुरुष र बच्चाहरूमा यो समस्या विरलै देखिन्छ ।
कारण
ग्यालेक्टोरियाको मुख्य कारण महिलाको शरीरमा प्रोल्याक्टिन अत्यधिक मात्रामा उत्पादन हुनु हो । वास्तवमा महिलाको शरीरमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यो ग्रन्थीले प्रोल्याक्टिन सहित धेरै हार्मोनहरू उत्पादन गर्छन । तर पिट्युटरी ग्रन्थीको काममा कुनै प्रकारको अवरोध आएमा ग्यालेक्टोरियाको समस्या देखिने गर्छ ।
त्यस्तै स्तनको उत्तेजना, औषधिको अत्याधिक सेवन, हर्मोनमा परिवर्तन, छातीमा कुनै पनि प्रकारको चोटपटक र जीवनशैली आदि कारणले पनि ग्यालेक्टोरिया हुनसक्छ ।
लक्षण
- स्तनबाट दूध वा सेतो रंगको तरल पदार्थ निस्कने
- महिनावारीमा अनियमित हुने
- ब्रेष्ट टिस्यु बढ्ने
- शरीरिक सम्बन्ध राख्ने इच्छा नहुने
- स्तन कोमल हुने
- दृष्टि सम्बन्धि समस्या
- गम्भीर टाउको दुःखाइ
उपचार
यदि महिलाले आफ्नो स्तनबाट दुध वा अन्य कुनै प्रकारको स्राव देखेमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ । शारीरिक परीक्षण, मेडिकल हिस्ट्री, र प्रोल्याक्टिनको स्तरको मापन पश्चात ग्यालेक्टोरियाको उपचार गरिन्छ । रगत परीक्षणबाट महिलामा ग्यालेक्टोरिया भए नभएको थाहा पाउन सकिन्छ । यदि रगत परीक्षणमा प्रोल्याक्टिनको उच्च देखिएमा प्रारम्भिक चरणमा औषधिद्वारा उपचार सुरु गरिन्छ । (स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एन. सपना लुल्ला एस्टर सीएमआई अस्पताल, बेंगलुरुमा कार्यरत छिन् । )
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
