
नेपाल हेल्थ न्युज, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनभयो।
सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो ।
मृतक महतोको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ। रासस
प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

