
नेपाल हेल्थ न्युज, टीकापुर (कैलाली) । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।
सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा. सन्देश पण्डितले बताउनुभयो । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ ।
“फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छ”, पण्डितले भने, “फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।”
अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

