
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत हुनुहुन्थ्यो ।
उहाँ १ छोरी र २ नातिसँगै बस्दै आउनुभएको थियो । श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उहाँले द्वारिकाज होटल सञ्चालनमा ल्याउनुभएको थियो ।
सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गराउनुभएको थियो । उहाँ गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

