
नेपाल हेल्थ न्युज, गाजा । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।
“उच्च तापक्रम, भिडभाड, पानीको अभाव, र व्यक्तिगत स्वच्छताका सामग्री र कीटाणुनाशक जस्ता स्वास्थ्य स्रोतको आपूर्तिको गम्भीर अभावले विस्थापितहरूमा छालाको सङ्क्रमण र ब्याक्टेरिया प्रदूषणमा वृद्धि भएको छ’’, युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

आफूसँग भएको सीमित स्रोत र उपचार सामग्रीको अभावका बाबजुद पनि रोगको सङ्क्रमण नियन्त्रण गर्न र स्वास्थ्य केन्द्रमार्फत यस्तै मामिलाहरूको बढ्दो रोकथाम गर्न ठूलो प्रयास गरिरहेको युएनआरडब्लुएले जनाएको छ । एजेन्सीले गाजामा सकेसम्म चाँडो युद्धविराम आवश्यक रहेको कुरामा जोड दिएको छ ।
पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणबाट ८१ जनाको ज्यान गएको छ भने एक सय ९८ जना घाइते भएका छन् ।
यससँगै प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि हालसम्म कुल मृत्यु सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ८९ हजार तीन सय ६४ पुगेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले बताउनुभयो । रासस/सिन्ह्वा
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
