
नेपाल हेल्थ न्युज, काठमाडौँ । वर्षायाममा ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिम बढी हुन्छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्दछ । कतिपय महिलालाई गर्भावस्थामा ज्वरो, डेंगु र मलेरिया हुनसक्छ । गर्भावस्थामा डेंगु संक्रमण गर्भवति र बच्चा दुबैका लागि हानिकारक हुनसक्छ ।
डेंगु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्दछ । संक्रमित व्यक्तिलाई उच्च ज्वरो, कडा टाउको दुखाई, आँखाको पछाडि दुख्ने, जोर्नी मांसपेशी दुख्ने, दाग र हल्का रगत बग्ने (जस्तै नाक वा गिजाबाट रगत बग्ने) समस्या हुनसक्छ ।
समयपूर्व जन्मः डेंगुको संक्रमणले बच्चाको समयअघि जन्मिने जोखिम बढाउँछ ।
कम तौल जन्मनेः गर्भावस्थामा डेंगुबाट संक्रमित शिशुको जन्म तौल कम हुन सक्छ ।
भ्रूण संकटः डेंगु भाइरसले भ्रूण संकट निम्त्याउन सक्छ । जसले प्रसवको समयमा जटिलताहरू निम्त्याउन सक्छ ।
गर्भावस्थामा आमालाई लाग्ने रोगका कारण बच्चाको ज्यान जोखिममा पर्न सक्छ ।

गर्भावस्थामा डेंगुबाट कसरी बच्ने ?
लामखुट्टे विरुद्ध सुरक्षा
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्छ । यस्तो अवस्थामा महिलाले लामखुट्टेबाट आफूलाई जोगाउनुपर्छ । यसका लागि महिलाले फुल बाहुलाको लुगा लगाउनुपर्छ । यसबाहेक राती सुत्दा झुलको प्रयोग गर्नुपर्छ । दिनको समयमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
पानी जम्न नदिने
डेंगु र लामखुट्टेबाट बच्न घर वरपर पानी जम्मा हुन दिनुहुँदैन । लामखुट्टेले पानी जम्मा भएको ठाउँमा प्रजनन गर्छ । घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ ।
नियमित स्वास्थ्य जाँच
गर्भावस्थामा बारम्बार ज्वरो आए, डेंगुको लक्षण देखिएमा तुरन्तै चिकित्सकको परामर्श लिनुपर्छ । गर्भावस्थामा डेंगु ज्वरोले आमा र नवजात शिशु दुवैलाई गम्भीर समस्या निम्त्याउन सक्छ ।
तर, उचित सावधानी अपनाएमा संक्रमणको जोखिम धेरै हदसम्म कम गराउन सकिन्छ । गर्भवती महिलाले लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । (डा. विभा बंसल वरिष्ठ स्त्री रोग विशेषज्ञ हुनुहुन्छ ।)
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
