
नेपाल हेल्थ न्युज, चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर ७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपराह्न घुससहित पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।
कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो । कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफू जिल्ला बाहिर रहेको र घटनाबारे सञ्चार माध्यमबाट मात्रै थाहा पाएको भन्दै विस्तृत विवरण थाहा नभएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

