
नेपाल हेल्थ न्युज, चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर ७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपराह्न घुससहित पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।
कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो । कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफू जिल्ला बाहिर रहेको र घटनाबारे सञ्चार माध्यमबाट मात्रै थाहा पाएको भन्दै विस्तृत विवरण थाहा नभएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

खाद्यपुरक र न्युट्रास्युटिकलको व्यापारः उपभोक्ताको ढाड सेकिने, व्यापारी धनी हुने
शनिबार, जेठ ३१, २०८२
'म हाँसि हाँसि जेल जाँदैछु': मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भावुक अभिव्यक्ति
शुक्रबार, जेठ ३०, २०८२
गुरुको शल्यक्रिया, शिष्यका हातः आफ्नै विद्यार्थीबाट डा. वसन्त पन्तको शल्यक्रिया
शुक्रबार, जेठ ३०, २०८२
सामुहिक धर्ना र कालीपट्टीले बोलेको मौनताः विरोधको शान्त तर शक्तिशाली रूप
शुक्रबार, जेठ ३०, २०८२ट्रेन्डिङ