
नेपाल हेल्थ न्युज, तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आइतबार एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा उहाँले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो– “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन् । अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।”
मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताउनुभयो । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि पहल गरिए पनि पूर्णता नपाएको भन्दै उहाँले यसलाई तत्काल सल्टाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रु ५२ लाखको लागतमा आवश्यक सामग्री जडानगरी सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कल्चरबाट पिसाब, दिशा, रगतलगायतका जाँच हुनेछन् । यसअघि यो सेवा नहुँदा यहाँ आउने बिरामीले अन्यत्र जानुपर्ने बाध्यता थियो । रासस
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
