
नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुरका एक जना बालकमा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी–१४, ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बसोबास गर्ने बालमा हैजा पुष्टि भएको हो । त्यही केन्द्रका अर्का एक जना झाडापखालाका बिरामी भने आइसियुमा उपचाररत छन् । उनको रिपोर्ट आउन बाँकी छ ।
अस्पतालले जनाए अनुसार उक्त ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएकोमा एक जनामा यो पुष्टि भएको हो । अर्का एक जनाको रिपोट कल्चरको लागि दिइएको छ । डा. बसौलाका अनुसार दुई जना बिरामी सोमवार राति अस्पतालबाट भागेका छन् । सरुवा रोग अस्पतालमा अहिले झाडा पखालाका कारण हरेक दिन सरदर १० जना बिरामी उपचारका लागि पुगिरहेका छन् ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

