
नेपाल हेल्थ न्युज, काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले रु एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री थापाले राससलाई भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि रु एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि रु ११ करोड बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताउनुभयो ।
त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भन्नुभयो, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पु¥याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।”
भक्तपुर क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री हुनुभएको हो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

