
नेपाल हेल्थ न्युज, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जिवितै उद्धार हुन सफल क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (के.एम.सी.) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
शाक्यको सघन कक्षमा उपचार चलिरहेको छ । उनको अवस्था सामान्य रहेको र जटिलताहरु नदेखिएको अस्पतालले जनाएको छ ।
“हाल उहाँ (क्याप्टेन मनिष रत्न शाक्य) को अवस्था सामान्य रहेको तथा अन्य जटिलताहरु नदेखिएको जानकारी गराउँछौं”, बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ ।
अस्पतालका अनुसार शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा थुप्रै चोटहरु लागेका छन् । ढाडको हड्डीको साथै देव्रे पट्टिका तीन वटा करङ्गहरु भाँचिएका छन् ।
अस्पतालकी निर्देशक प्रा. डा. मीना थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै, देव्रै पट्टिको तीन वटा करङ्गहरु भाँचिएका छन् । अनुहार तथा नाक आँखाको चोटहरु हिजै उपचार भइसकेको जानकारी गराउँदछौं”, विज्ञप्तिमा भनिएको छ ।
बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा विमानमा सवार १९ यात्रुमध्ये १८ को मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्याइएको थियो ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
