
नेपाल हेल्थ न्युज, काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ ।
अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिनुभयो ।
क्याप्टेन शाक्यलाई बिहीबार साँझ आइसीयूबाट बाहिर निकालिएको अस्पतालकी निर्देशक प्रा.डा. थापाले जानकारी दिनुभयो ।
‘‘उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाँच्चिएका छन् । स्वास्थ्य सुधारोन्मुख छ ” विज्ञप्तिमा भनिएको छ ।
बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
विमानमा सवार १८ जनाको मृत्यु भएको छ । शाक्यलाई उद्धार गरी केएमसीको सघन उपचार कक्षमा उपचार थालिएको थियो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
