
नेपाल हेल्थ न्युज ,गोरखा । जिल्लाभर १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार साउन १ गतेदेखि यता १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै पालुङटार नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको कार्यालयका नारायण अर्यालले बताउनुभयो । अर्यालका अनुसार गोरखा नगरपालिकाका ३ र आरुघाट गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भएको छ ।
सो अवधिमा जिल्लाभर ६ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकाको ५ जनामा स्क्रव टाईफस देखिएको कार्यालयले जनाएको छ । बाँकी एक जना आरुघाट गाउँपालिकाको रहेको बताइएको छ । गत आव २०८०/८१ मा जिल्लाभर ४ सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो भने १ सय ६३ जना स्क्रव टाईफसबाट संक्रमित भएका थिए । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३ सय ७० जनामा डेंगु र ६२ जनामा स्क्रव टाईफसको संक्रमण पुष्टि भएको अर्यालले बताउनुभयो ।
भीमसेन थापामा ३४ जना डेंगु र ११ जना स्क्रव टाईफस संक्रमण पुष्टि भएको थियो । यस्तै पालुङटार नगरपालिकामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । गण्डकी, बारपाक सुलिकोट, धार्चे र चुमनुब्रीमा भने सङ्क्रमितको सङ्ख्या शुन्य रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०७९/८० मा जिल्लाभर ५२९ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो भने १०८ जनामा स्क्रव टाईफस देखिएको थियो । सबैभन्दा धेरै गोरखा नगरपालिकामा १६९ जनामा डेंगु संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


