
नेपाल हेल्थ न्युज, झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका(७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।
खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर ६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
खड्काको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बिमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
