
नेपाल हेल्थ न्युज, झापा । मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
बुधबार अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट २४ वर्षिय सुरज शर्मा मृत अवस्थामा फेला परेका हुन् ।
भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तलाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


