
नेपाल हेल्थ न्युज, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा घाइते भएर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत शाक्यलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उक्त जहाज दुर्घटनामा परेर १८ जनाको घटनास्थलमै ज्यान जाँदा पाइलट शाक्यलाई भने घाइते अवस्थामा तुरुन्तै उद्धार गरिएको थियो । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


