
नेपाल हेल्थ न्युज, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा घाइते भएर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत शाक्यलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उक्त जहाज दुर्घटनामा परेर १८ जनाको घटनास्थलमै ज्यान जाँदा पाइलट शाक्यलाई भने घाइते अवस्थामा तुरुन्तै उद्धार गरिएको थियो । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२
मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै, मन्त्रालयले सहकार्य बढाउने
शुक्रबार, जेठ २, २०८२ट्रेन्डिङ