
नेपाल हेल्थ न्युज, काठमाडौँ । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा (ईडीसीडी) का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो।
७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ। सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौं जिल्लाका छन्। त्यस्तै, भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेङ्गु पुष्टि भएको हो। देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु फैलिएको छ।देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौं उपत्यकामा फेला परेका हुन्। डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन्।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


