
नेपाली हेल्थ न्युज, नुवाकोट। नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
मृत्यु हुनेमा हेलिकप्टर क्याप्टेन मल्लबाहेक चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), जेमिङ सी (पुरुष) र यियाद वु (महिला) रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


