
नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्वभर ४० करोड जना मानिसले कोभिड–१९ का कारण लामो समयसम्म स्वास्थ्य समस्या भोगिरहेको पाइएको छ ।
स्वास्थ्य सेवा र काममा फर्कन नसक्ने विरामीहरूका कारण हरेक वर्ष १० खर्ब रुपैयाँ बराबरको रकम नोक्सानी भइरहेको पनि देखिएको नेचर मेडिसिन जर्नलको रिपोर्टलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस्तै विश्वव्यापी रूपमा लगभग ६ प्रतिशत वयस्कलाई लामो समयसम्म कोभिड–१९ भइरहेको पनि खबरमा उल्लेख छ ।
धेरै मानिस पूर्णरूपमा निको नभएका र यसको उपचार सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक रहेको देखिएको छ । कोभिड सङ्क्रमणपछि केही हप्ता, महिना वा वर्षसम्म पनि लगातार स्वास्थ्य समस्याहरू देखिइरहेका छन् । कोभिड–१९ लामो समयसम्म रहेमा मुट, स्नायु प्रणाली, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली र पाचन प्रणालीसहित लगभग हरेक अङ्ग र प्रणालीलाई असर गर्छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सर्वेक्षणले गएको मार्चसम्म ६ दशमलव ७ प्रतिशत अमेरिकी वयस्क अझै पनि कोभिडको समस्याबाट पीडित रहेका देखाएकाे छ । लामो समयको कोभिडले व्यक्तिगत जीवनमा विनाशकारी प्रभाव पार्न तथा स्वास्थ्य प्रणाली र अर्थव्यवस्थामा पनि ठूलो प्रभाव पार्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
सङ्क्रमित हुनुअघि खोप लगाएका वा सङ्क्रमित हुँदा एन्टिभाइरल सेवन गरेका मानिसहरूमा लामो समयसम्म कोभिडको जोखिम कम देखिएको छ । तर कोभिडबाट पुनः सङ्क्रमित भएका व्यक्तिहरू बढी जोखिममा रहेका छन् ।
धेरै अध्ययनका अनुसार लामो समयसम्म कोभिड भएका ७ देखि १० प्रतिशत मानिस मात्र दुई वर्षपछि पूर्णरूपमा निको भएका छन् । तर केहीलाई मुटु रोग, मधुमेह र थकान जीवनभर रहन सक्छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
