
नेपाल हेल्थ न्युज, गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् ।
रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।
बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


