
यो देशमा एक नर्स खोजिरहेछु म;
स्वदेशलाई कर्मभूमि बनाउने
नर्स को होला ? भनी गमिरहेछु ;
आफ्नै देशमा रमाई आफ्नो माटोमा बस्ने
राष्ट्रप्रेमी नर्स खोजिरहेछु म;
यो देशमा एक नर्स खोजिरहेछु म !
हाम्रा आमा बुवा सिकिस्त हुँदा
स्लाइनरूपी सुधा चढाई
म हजुरको छोरी नै हुँ भनी
अमृत बाणी बोल्दै उपचार गर्ने
त्यो देशप्रेमी नर्स खोजिरहेछु म ;
यो देशमा एक नर्स खोजिरहेछु म !
पद अनि पदवी को
प्रलोभनमा नपरी,
नर्सिङ आचरणका दायरा
अनि नैतिकता कायम राखी,
अनवरत अनि निःस्वार्थ
सेवा गर्ने नर्स खोजिरहेछु म ;
यो देशमा एक कर्मठ नर्स खोजिरहेछु म !
समुद्र पारीका चम्किला शहरहरु,
भौतिकतामा सीमित रहरहरु ;
सबै आकर्षणलाई दिई तिलाञ्जली,
आफ्नो कर्मलाई जोड्दै दुई अँजुली ;
स्वदेश अनि स्वदेशीको
सेवाको संकल्प लिएका
राष्ट्रवादी नर्स खोजिरहेछु म ;
साँच्चै एक नेपाली नर्स खोजिरहेछु म !
‘नर्सिङ इथिक्स’ लाई बनाई मूल मन्त्र
मैनबत्ती हातमा लिई,
‘नर्सिङ ओथ’ गाउँदै
आफ्नो पेशाप्रति रही इमान्दार अनि बफादार
लाल्टिन लिई घाइते सैनिकको
उपचार गर्ने ती ‘फ्लोरेन्स नाइटिङ्गेल’ झैं
कर्मायोगिनी नर्स खोजिरहेछु म;
यो देशमा एउटा नर्स खोजिरहेछु !
बश, एक नर्स खोजिरहेछु म
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

