
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर हैजा संक्रमितको संख्या ५० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।
पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


