
नेपाल हेल्थ न्युज, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया शुरू भएको छ ।
गएको साउन २७ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा शय्या थप गर्ने घोषणा गर्नुभएको थियो । अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले शहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वास्थ्यमन्त्री पौडेललाई हस्तान्तरण गरिसक्नुभएको छ । डीपीआरमा साढे पाँच अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ ।
मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण कार्य अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गर्नुभएको छ । अनुरोधपछि भारतीय दूतावासको तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र स्थापना भएको हो । यो श्वासप्रश्वाससम्बन्धी देशकै एकमात्र विशिष्टीकृत अस्पताल हो । अस्पतालमा अहिले ५० जनरल वार्ड छन् ।
केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ, नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सय जनाको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर शय्या अभावमा श्वासप्रश्वासका बिरामीको उपचार सहजरूपमा हुन नसकिरहेको गुनासो छ । अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ ।
साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएकोमा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि २०७३ सालमा अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
