
वास्तवमा वर्षायाममा निम्तो नआएका पाहुनाले झैँ रोगले पनि ठक्कर दिन्छ । वर्षाका कारण धेरै ठाउँमा पानी जम्ने र फोहोर जम्मा हुने भएकाले लामखुट्टे र खतरनाक ब्याक्टेरियाको जन्म हुने गर्छ । पानी र हावाको माध्यमबाट यी ब्याक्टेरिया खाना र शरीरमा पुग्छन् र हामी ज्वरो, फ्लू जस्ता रोगमा फस्छौं । तर केही सावधानी अपनाएमा यस्ता रोगबाट बच्न सकिन्छ । मनसुनमा लाग्ने रोगलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ ।
सामान्य ज्वरो र चिसो
भाइरल ज्वरो मौसम परिवर्तनसँगै वातावरणमा आउने कीटाणुबाट हुने ज्वरो हो । तिनीहरू हावा र पानी मार्फत् फैलिन्छन् । सामान्य ज्वरो भाइरसको प्रकारमा निर्भर गर्दछ । यी फरक प्रकारका भाइरसहरू परीक्षण गर्न धेरै प्रविधिहरु उपलब्ध छैनन् ।
यसमा ज्वरो मात्र आउँछ । तर कतिपयमा खोकी र जोर्नी दुख्ने समस्या हुनसक्छ । तर तिनीहरू फ्लू, डेंगु वा चिकनगुनिया होइनन् । यसमा ज्वरो तीनदेखि सात दिनसम्म रहन्छ । यसको अवधि भाइरसमा निर्भर गर्दछ ।

बच्ने उपाय
सरसफाई नै रोकथामको उत्तम उपाय हो । खाना खानुअघि राम्रोसँग हात धुन अति आवश्यक हुन्छ । पौष्टिक आहार, ताजा खाना र फलफूल सेवन गर्न जरुरी हुन्छ । बाहिरका र बासी खानेकुरा खान हुँदैन ।
फ्लू
यस समयमा धेरैजसो फ्लू देखिनसक्छ जसलाई इन्फ्लुएन्जा पनि भनिन्छ । मनसुनको समयमा स्वाइन फ्लु पनि फैनिसक्छ । यो एक प्रकारको फ्लू हो तर यो बढी घातक हुनसक्छ । सामान्य रुघाखोकी हो कि स्वाइन फ्लु हो भन्ने अनुसन्धानपछि मात्र थाहा हुन्छ । यसले रुघाखोकी, उच्च ज्वरो र जोर्नी दुख्नसक्छ । यसका लागि सास फेर्ने मेसिन पनि आवश्यक पर्नसक्छ ।
धेरैजसो मानिसहरूलाई रुघाखोकी र घाँटीको समस्या आउने गर्छ जुन सामान्य फ्लूको लक्षण पनि हो । सामान्य फ्लू पाँचदेखि सात दिनसम्म रहन्छ । औषधि खाए पनि निको हुन धेरै समय लाग्नसक्छ । रुघाखोकी निको हुन १० देखि १५ दिन लाग्नसक्छ । स्वाइन फ्लुको ज्वरो पनि लामो समयसम्म रहनसक्छ । तर निमोनिया हुने खतरा हुन्छ ।
बच्ने उपाय
यी रोगहरु हरेक वर्ष आउने भएकाले खोप लगाएर बच्न सकिन्छ । भ्याक्सिनले फ्लुको प्रभाव कम गर्न मद्धत गर्छ । त्यसैले यो समयमा भीडभाडमा जान हुँदैन । जाँदा पनि मास्कको प्रयोग गर्नुपर्छ किनभने बिरामीले खोक्दा वा हाछ्युँ गर्दा अन्य व्यक्तिलाई पनि संक्रमण हुनसक्छ । फ्लू स्पर्शबाट पनि सर्नसक्छ ।
लामखुट्टेको टोकाइ
चिकुनगुनिया र डेंगु पनि भाइरसबाट लाग्ने रोग हुन् । तर ती लामखुट्टेको टोकाइबाट लाग्ने भेक्टर बोर्न रोग हुन् । यसमा जोर्नीको दुखाइसँगै उच्च ज्वरो आउँछ । साथै बान्ता हुने र टाउको दुख्ने समस्या पनि हुनसक्छ । डेंगुमा सुरुमा उच्च ज्वरो आउनसक्छ । आँखा पछाडि टाउको दुखाइ महसुस हुने गर्दछ । चिकुनगुनियामा जोर्नी दुखाइ बढी हुन्छ । सुरुको दुई वा तीन दिनसम्म धेरै ज्वरो आउनसक्छ । डेंगुमा प्लेटलेट्स कम भएका कारण शरीरमा दागहरू देखा पर्नसक्छन् जसलाई चकलेट भनिन्छ ।
बच्ने उपाय
नेपालमा चिकुनगुनिया र डेंगुको कुनै खोप छैन । डेंगुविरुद्धको खोपको विदेशमा परीक्षण भइरहेको छ । त्यसैले बच्नका लागि घर सफा राख्ने, कुलर, भाँडा, खाडल, र टायर आदिमा लामो समयसम्म पानी जम्मा हुन नदिनुहोला । तिनीहरूमा लामखुट्टेको प्रजनन हुने गर्दछ । खासगरी बालबालिकाहरुले फूल बाहुला भएको लुगा लगाउन जरुरी हुन्छ ।
वर्षायामका १० खतरनाक रोगबाट बच्नुस्
मनसुनको समय छ । यस मौसममा हामीले यी १० रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ ।
डेंगु – विगत केही वर्षयता वर्षायाममा सबैभन्दा बढी डेंगुको प्रकोप देखिएको छ । यो रोग एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । टाउको दुख्ने, थकान हुने, जोर्नी दुख्ने, प्लेटलेट्स कम हुनु आदि डेंगुका लक्षण हुनसक्छन् ।

पहेंलो ज्वरो – एडिस एजिप्टाई लामखुट्टे पहेंलो ज्वरोको कारण मानिन्छ । यो ज्वरोमा बिरामी भित्र जन्डिसका लक्षण पनि देखिन थाल्छन् । तर यो ज्वरो नेपालमा विरलै देखिने गरेको छ । यसमा ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या हुने गरेको पाइन्छ ।
औलो –वर्षाका कारण ठूलो संख्यामा औलोका बिरामी देखिने गरेका छन् । यो रोग संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट सर्छ । यसमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
चिकनगुनिया–डेंगु र पहेंलो ज्वरो बोक्ने लामखुट्टेको टोकाइबाट पनि चिकुनगुनिया सर्नसक्छ । यस रोगका लक्षणहरुमा ज्वरो आउने, जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि पर्दछन् ।
लाइम रोग– यो रोग मुख्यतया बोरेलिया बर्गडार्फेरिक ब्याक्टेरियाबाट लाग्ने गर्छ । जो संक्रमित कालो खुट्टा भएको कीराको टोकाइबाट सर्छ । नेपालमा यस रोगका बिरामीहरु विरलै देखिने गरेका छन् ।
चिसो र फ्लू– वर्षायाममा धेरै ब्याक्टेरिया र भाइरसहरू वातावरणमा जीवित रहने भएकाले नाक, मुख वा आँखाबाट हाम्रो शरीरमा प्रवेश गरी शरीरलाई रोगी बनाउँछन् । यसले रुघाखोकी, ज्वरो जस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।
हैजा– भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हैजा लाग्न सक्छ । यो दूषित खाना र पानीको सेवनबाट सर्ने गर्छ । पहिला झाडापखालाका लक्षणहरू देखा पर्न थाल्छन् र पखाला लाग्ने, खुट्टामा कडाइ हुने र बान्ता हुने गर्दछ ।
लेप्टोस्पाइरोसिस– यो रोग मनसुन (मनसुन) को समयमा धेरै बढ्छ । यसका बिरामीहरु भारतमा २०१३ मा देखिएका थिए । जनावरको पिसाब र दिसामा लेप्टोस्पाइरा नामक ब्याक्टेरियाको उपस्थितिका कारण यो रोग लाग्ने गर्छ जुन संक्रमित जनावरको पिसाब दिसाको सम्पर्कमा आएर मानिस वा अन्य जनावरमा सर्छ । यस रोगको मुख्य लक्षणमा भोक नलाग्ने, कम्मर दुख्ने, खोकी लाग्ने आदि पर्दछन् ।
हेपाटाइटिस ए– हैजाजस्तै हेपाटाइटिस पनि दूषित पानी वा खानाको सेवनले हुन्छ । यो रोगका कारण कलेजो सबैभन्दा बढी प्रभावित हुन्छ । यसमा ज्वरो आउने, बान्ता हुने जस्ता समस्या हुने गर्दछ ।
टाइफाइड– वर्षायाममा टाइफाइड ज्वरोका बिरामीहरु बढ्छन् जुन साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले हुने गर्दछ । यस रोगका कारण शरीरमा टाउको दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, कब्जियत, पखाला आदि समस्या हुनसक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

