
लक्ष्मी नेपाल विगत २ वर्षदेखि आफ्नै ब्रान्डमा उत्पादन गरेर नेपालमा आहार पुरक र न्युट्रास्युटिकलको आपूर्ति र बजारीकरण गर्दै आउनुभएको छ ।
अहिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को रुपमा आइसकेको छ ।
यो ऐन कार्यान्वयनका लागि आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास र खाद्य पदार्थ सम्बन्धी मापदण्ड निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमावली बनाइरहेको छ । लामो समय विभिन्न सप्लायर्स कम्पनिमा बटुलेको अनुभवले उहाँलाई यो क्षेत्रमा पाइला अघि बढाउन मद्धत गरेको छ । कसैको छोरी, कसैको श्रीमती, कसैको आमा भएर पनि प्रेरणाको श्रोत बन्दै अघि बढ्ने कोशिस गरिरहनुभएको छ लक्ष्मी ।
बिहानदेखि बेलुकासम्म नै बजारमा व्यस्त हुन्छु । कहिलेकाँही खाना खान पनि भ्याँइदैन । शुरुमा मेरो करियर डेन्टल सप्लायर्स कम्पनीबाट सुरु भयो । गर्ग सप्लायर्स कम्पनीमा ३ वर्षजति काम गरेँ । इष्टवेष्ट कन्सर्न प्रा.लि.मा ७–८ महिना जति गरेँ । त्यसपछि आहारपुरक न्युट्रास्युटिकल तिर पाइला अघि बढे । विगत २ वर्षदेखि त्यसैमा आफ्नो करियर स्थापित गर्न सफल भएको छु ।
पहिला देखिनै आफूलाई काममा क्रियाशील बनाउँ जस्तो लाग्थ्यो । काम गर्दागर्र्दै धेरै कुराको अनुभव बटुल्न सफल भएकी छु । संघर्ष गरेकी छु । आत्मनिर्भर छुु । समाजमा गुडविल कमाउँदै छु ।
तपाईले दिने उत्पादन कतिको प्रभावकारी छन् नि भन्ने प्रश्न पनि आउनसक्छ । तर मैले कहिल्यै पनि गुणस्तरमा सम्झौता गरेकी छैन । अहिलेको सन्दर्भमा यी सामान प्रयोग गर्ने सबै हाम्रै नेपाली उपभोक्ता त हुन् नि । त्यसैल क्वालिटीको सामानलाई प्राथमिकताम राखेकी छु । ल्याव टेष्टदेखि जतिपनि नियम कानुन छ सबै पुरा गरेर आपूर्ति गरिरहेकी छु ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

