
नेपाल हेल्थ न्युज, गोरखा । गोरखामा आर्थिक वर्ष ०८०–०८१ मा नौ हजार भन्दा बढी विद्यार्थीको आँखा जाँच गरिएको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०८१ मा विभिन्न विद्यालयमा भएको आँखा जाँच शिविरबाट ९ हजार ३४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो ।
आँखा जाँच गरिएकामध्ये पाँच सय ५ जनालाई चस्मा वितरण गरिएको केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । एक वर्षको अवधिमा जिल्ला भरका ५४ वटा विद्यालयमा आँखा जाँच शिविर सञ्चालन भएको थियो । विभिन्न पालिकासँगको समन्वयमा पनि आँखा जाँच शिविर भएका थिए ।
शहिदलखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा बाह्य तवरमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । सो क्रममा शहिदलखन गाउँपालिकामा ५२ जनाले आँखा जाँच गराएका थिए भने भीमसेन थापा गाउँपालिकामा ७८ जनाले आँखा जाँच गरिएको उहाँले बताउनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

