
उहाँ विगत १४ वर्षदेखि यो पेशामा संलग्न हुनुहुन्छ । अर्थोपेडिक्समा स्पेशलाइजेशन गर्नुभएकी गुरुङले फिजियोथेरापीमा मास्टर्स डिग्री गर्नुभएको छ । हस्पिटल र क्लिनिक गरी दैनिक ३०–४० जना बिरामीलाई फिजियो सेवा दिँदै आउनुभएको छ । जानौं फिजियोबारे उहाँको आफ्नै शव्दमा ।
कसलाई आवश्यक
फिजियोथेरापी सेवा प्रायः सबै खालका रोग, बच्चादेखि बृद्धबृद्धालगायत सबै उमेर समूहका व्यक्तिलाई जरुरी हुन्छ । खेलकुदमा लाग्ने चोटपटक, दुर्घटना पश्चात्को समस्या, जटिल दुखाई, हाडजोर्नी, डिस्क, स्पाइन, नशा, न्युरो, मुटुलगायत धेरै समस्यामा यसको आवश्यकता पर्छ ।
कसैकसैमा भिटामिन डी, बी १२ कमी भएमा समस्या आउनसक्छ । त्यस्तै थाइराइडले पनि समस्या गर्न सक्छ । साथै प्यारालाइसिस, नशा च्यापिएको, विभिन्न जोर्नीको दुखाई, मुख बाँगिएको, मुटुको शल्यक्रिया गरेपछि पनि फिजियोथेरापीको जरुरत पर्नसक्छ । स्पाइन, नशा, डिस्क आदिको शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्कन, मांशपेशीलाई मजबुद गराउन र विकृति सुधारका लागि फिजियोथेरापी गर्नुपर्छ ।
मस्तिष्कघात भएर पूर्ण रुपमा प्यारालाइसिस भई ओछ्यानमा रहेका बिरामीलाई उठाउन, सोसाइटीमा पुनः स्थापित गराउन, क्षमता बढाउन फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले सबैभन्दा पहिला समस्याको जड पहिचान हुनुपर्छ ।
एक तिहाई समस्या फिजियोबाट निको
शल्यक्रिया गर्नुपूर्व र शल्यक्रिया पश्चात् बिरामीको अवस्था हेरेर फिजियोथेरापी गरिन्छ । प्रायः ८० देखि ८५ प्रतिशत घटनाहरु बिना सर्जरी फिजियोथेरापीबाटै निको हुने गर्छन् ।
फिजियोथेरापीमा एक्सरसाइज, म्यानुल थेरापी, इलेक्ट्रो थेरापी, हाइड्रा थेरापी प्रयोग हुने गर्छ । फिजियोथेरापीमा मसल स्टुमुलेटर, टेन्स, आईएफटी, ट्रयाक्सन, अल्ट्रासोनिकलगायत विद्युतीय मेशिनहरुको प्रयोग हुन्छन् ।
एक्सरसाइजका लागि उपयोग हुने सामान थेरा ब्यान्ड, स्विस् बल, पुल्ली, सोल्ठर ह्विल, फिङ्गर ग्रिपर आदि हुन् । यी मेशिनहरुले दुखाई कम गराउने, मांशपेसीहरु खुम्चेको खुलाउने, सुन्नेको कम गराउने, रक्त सञ्चार राम्रो गराउने, नशा तन्काउने, नचलेको र कमजोर मांशपेशीलाई चलाउने र बलियो गराउँछन् ।
महिला बढी पीडित
महिला र पुरुष दुबैलाई फिजियोथेरापीको आवश्यकता पर्छ । यसो हुनमा अहिलेको लाइफ स्टाइल नै मुख्य कारण हो । महिलाहरुले घरायसी र अफिसको दुबै काम गर्नुपर्छ । महिलाहरुले नचाहेर पनि झुकेर काम गर्नुपर्छ । किचनमा काम गर्दा लामो समय उभिनुपर्छ । लिफ्टीङ, सिफ्टीङदेखि बच्चाको स्याहारसुसार समेत गर्नुपर्छ । घरअफिस दुबैतिर काम गर्नुपर्दा पुरुषको तुलनामा महिलालाई बढी समस्या हुने गर्दछ ।

बालबालिकामा बढ्दो नशा च्यापिने समस्या
निहुरिएर मोवाइल र ल्यापटप चलाउने कारण स–साना बालबालिकालाई पनि नशा च्यापिने समस्या देखिन थालेको छ । यस्तो अवस्थामा गर्धन र ढाडको मासु टाइट हुन्छ । जसले गर्दा बच्चाहरुको ढाड र गर्दनमा समस्या देखिनसक्छ । बालबालिकाहरुले आवश्यक पर्ने तत्व खानाबाट मज्जाले प्राप्त गर्न सकिरहेका छैनन् । जंकफुड र फास्टफूड बढी खान रुचाउँछन् । यसरी आवश्यक पोषण तत्वको अभावमा मांशपेशी दुख्ने समस्या बढिरहेको छ ।
प्रिभेन्सन इज बेटर देन क्योर’
बिरामीको अवस्था र मांशपेशीको क्षमता जाँच पश्चात् ग्रेडिङ पहिचान गर्नुपर्छ । त्यसपछि चरणवद्धरुपमा एक्सरसाइज बढाउनुपर्छ । बिरामीमा पनि आत्मवल हुन जरुरी पर्छ । यसको कुनै पनि साइडइफेक्ट छैन । बिरामीलाई कुनैपनि अप्ठ्यारो र गाह्रो हुँदैन । फिजियोथेरापीमा निको हुने समय सिमा ठ्याक्कै भन्न गाह्रो हुन्छ ।
बिरामीको अवस्था अनुसार एक हप्तादेखि वर्ष दिन वा सो भन्दा बढी समय पनि लाग्नसक्छ । अर्थोपेडिकका माइनर घटनामा बिरामीहरुलाई एक हप्तादेखि १५ दिनमा नै निको हुनसक्छ । क्रोनिक अवस्थामा अलि समय लाग्नसक्छ ।
त्यसैले जीवनशैलाई सहजीकरण बनाउनुपर्छ । स्पाइन चेयरको प्रयोग गर्नुपर्छ । गर्धनलाई स्ट्रेस नपर्ने किसिमले बस्नुपर्छ । धेरै निहुरियर काम गर्न हुँदैन । त्यसैले ‘प्रिभेन्सन इज बेटर देन क्योर’ ।

रिह्याविलिटेसन किन गर्ने ?
यो पुर्नस्थापना हो । स्पाइन, स्पाइनल इन्जुरी, न्युरोलोजिकल समस्या, स्ट्रोक, रुखबाट लडेको र भिरबाट खसेको, दुबै खुट्टा नचल्ने, आधा शरीर प्यारालाईसिस भएको अवस्थामा रिह्यावको महत्वपूर्ण भूमिका हुन्छ ।
अपरेशनपश्चात् कहिलेकाँही प्यारालाइसिस भएमा रिह्याविलिटेसनकै भूमिका हुन्छ । यसमा इलेक्ट्रोथेरापीलगायत विभिन्न प्रकारका विधि, पद्धती, मेसिनको प्रयोग गरिन्छ । नशा र मासु चलाउने मेसिन राखिएका हुन्छन । शरीरको मोबिलिटी बढाउने एक्सरसाइज हुन्छन् ।
यस्ता विधि र पद्धतिले नशा र मांशपेशी स्ट्युमुलेसन हुन्छ । कम्मर दुख्ने, नशा च्यापिने, घुँडा गर्धन दुःखेका बिरामीका लागि फरक उपचार व्यवस्थापन हुन्छ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
