
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
महानरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार, प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको हो ।
कपालमा लगाउने श्रीकेश तेलको गुणस्तरका विषयमा उजुरी परे पछि महानगरपालिकाले असार ७ गते विवरण माग गरेको थियो ।
तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि फर्मुलेसन, रेसिपि मेथड, उल्लेख गरिएको कागजात उपलब्ध गराउन सकेन ।
कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख समेत नभएकोले महानगरपालिकाका प्राविधिकहरुले गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) नभएको प्रतिवेदनमा उल्लेख गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


