नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौको सिनामंगलस्थित हार्दिक आईभिएफ एण्ड फर्टिलिटी सेन्टरमा भदौ महिनाभर निःसन्तान उपचारमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
सेन्टरले डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आई.भि.एफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिने भएको हो ।
नेपाली हिन्दु महिलाहरुको महान चाड तीजको अवसर पारेर भाद्र महिनाभर निःसन्तान उपचारका विभिन्न विधामा १० देखि ५० प्रतिशतसम्म छुट दिइएको हार्दिक आईभिएफ एण्ड फर्टिलिटी सेन्टरका चिफ अपरेटिङ अफिसर (सिओओ) रवि शंकर पोख्रेलले बताउनुभयो ।

अन्तराष्ट्रिय स्तरको भ्रूण बनाउने ल्याब तथा मेशिन रहेको यस केन्द्रले पुरुषको वीर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रूण सुरक्षित राख्ने, बीर्य फ्रिजि¨ गरी सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ ।

सेन्टरमा आईभिएफ स्पेशलिष्ट डा.अर्चना शाक्य आबद्ध हुनुहुन्छ, उहाँ बिगत १३ बर्षदेखी प्रसुती, स्त्री तथा निःसन्तान रोग सम्बन्धि उपचारमा संलग्न डाक्टर हो । बिगत झण्डै एक बर्षदेखि सेवा दिदै आइरहेको यस केन्द्रले हाल सम्म दर्जनौ दम्पत्तीलाई निःसन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
्
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


