
नेपाल हेल्थ न्युज, काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा. शैल रुपाखेतीले संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश गर्नुभएको छ । उहाँले नेपालको राष्ट्रिय हित, स्वाधिनता र मर्यादालाई केन्द्रविन्दुमा राखेर आफ्नो जिम्मेवारी बहन गर्ने प्रण गर्नुभएको छ ।
डा. रुपाखेतीले समितिमा नेपाल र जर्मनीबीचको सम्बन्ध विस्तार, आर्थिक कुटनीति, निर्यात प्रवद्र्धन, लगानी प्रवद्र्धन, नेपालमा प्रविधि हस्तान्तरण, वैदेशिक सहायता, वैदेशिक रोजगारी, सार्वजनिक कूटनीति, जनस्तरको सम्बन्ध, नेपाली डायस्पोरा, समन्वय र सहकार्यबारे विस्तृत जानकारी गराउनुभएको छ ।
उहाँले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारका नीति निर्देशनहरु, सार्वभौम संसदको मार्गदर्शनलाई समेत विशेष ध्यानमा राखी नेपाल र जर्मनीबीच विद्यमान द्धिपक्षीय सुमधुर सम्बन्ध स्थापित गराउनेसमेत उल्लेख गर्नुभएको छ । डा. रुपाखेतीले समानता एवं सम्मान र पारष्परिक लाभका आधारमा विन्दु बनाइ नेपाल जर्मन एवं पोल्याण्ड हंगेरी, होलि सी, चेक रिपव्लिक, स्लोभाकिया, सर्बिया, रोमानिया, बल्गेरिया, युक्रेनसँग सम्बन्ध विस्तार र सदृढिकरण गर्दै कुटनीति सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, प्रचलन र अभ्यासलाई पनि विशेष ख्याल गर्ने बताउनुुभएको छ ।



















नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
