
नेपाल हेल्थ न्युज, गोरखा । गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिएका छन् । गोरखाको ९ स्थानीय तहमा ५५७ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबाबु अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा फेला परेका छन् । डेंगुका २४१ जना र स्क्रब टाइफसका ९० जना संक्रमित गोरखा नगरपालिका भित्र रहेका छन् ।
जिल्ला बाहिर उपचार गराउन गएकाहरूको रेकर्ड कार्यालयमा नहुने भएका कारण सङ्क्रमितको सङ्ख्या अझै धेरै भएको अनुमान गरिएको छ ।
संक्रमण देखिएकामध्ये दोस्रो स्थानमा आरुघाट गाउँपालिका देखिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आरुघाट गाउँपालिकामा ४७ जना डेंगु र ७३ जना स्क्रब टाईफसका बिरामी छन् ।
पालुङटार नगरपालिकामा ४६ जनामा डेंगु र २७ जनामा स्क्रब टाइफस देखिएको छ । सहिद लखन गाउँपालिकामा १२ जना डेंगु र ३ जनामा स्क्रब टाइफस देखिएको कार्यालयको रेकर्डमा रहेको अर्यालले बताउनुभयो । नियन्त्रणका प्रयास गरिए पनि सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम नरोकिएको अर्यालको भनाई छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

