
नेपाल हेल्थ न्युज, काठमाडौँ । मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो ।
सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको छ । अस्पतालमा आज यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल र कोशी प्रादेशिक अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गरेको थियो । क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ ।
त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।
यसलगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
