
नेपाल हेल्थ न्युज, चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहनुभएको छ । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो आएर उपचारका लागि आउनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पताल भर्ना हुनुभएका उहाँको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी सङ्क्रमण देखिएको थियो । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उहाँको मृत्यु भएको हो ।
उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन् । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

