
नेपाल हेल्थ न्युज, काठमाडौँ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई औषधिको गुणस्तर उत्पादन बिक्री वितरण लगायतका कार्यलाई नियमन गर्न निर्देशन दिएको छ ।
आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन बिक्री वितरण लगायतका कार्यलाई नियमन गर्न दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री बितरण भइरहेको गुनासो आइरहेकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको हो ।
यस्तै बैठकले स्वास्थ्य बिमा योजनालाई ब्यबस्थीत गर्ने, स्वास्थ्य बिमामा समावेश बिरामीलाई सबै प्रकारका औषधी अस्पतालकै फार्मेसी बाट सहजै उपलब्ध गराउन समितिले यस अघिनै दिएको निर्देशनको कार्यन्वयन भएको प्रगति विवरण १० दिन भित्र समितिलाई बुझाउन निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


