
नेपाल हेल्थ न्युज, काठमाडौँ । ‘एसोसिएशन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ का प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर आफ्ना समस्या प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री ओली समक्ष चिकित्सा शिक्षामा नेपाली तथा विदेशी विद्यार्थीका लागि भर्ना सिट वृद्धि गर्ने लगायत विभिन्न ६ वटा विषयमा ध्यानाकर्षण गराएको एसोसिएशनका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले बताउनुभएको छ ।
मेडिकल कलेजहरुमा सिट संख्या खुम्च्याएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘विगतमा १५० सिट पढाएका मेडिकल कलेजलाई १०० भन्दा माथि लैजान नमिल्ने गरी रोकिएको छ । पूर्वाधार, फ्याकल्टी मिलेको र क्षमता भएको कलेजलाई दिनुपर्ने माग राखेका छौँ ।’
उहाँले दुई सिफ्टमा भर्ना लिएर भए पनि विद्यार्थीको भर्ना संख्या बढाउन आग्रह गर्नुभएको छ । यो प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक देखिएको उहाँले जानकारी गराउनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

