
नेपाल हेल्थ न्युज, तनहुँ । जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो ।
देवघाट–५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० असार मसान्तमा सकिएको थियो ।
सो अवधिसम्ममा पिल्लर उठाउने बाहेक अन्य काम नभएपछि गत असार मसान्तसम्मका लागि म्याद थप गरिएको गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाले जानकारी दिनुभयो । “एक वर्षका लागि थपिएको म्याद सकिएपनि अस्पताल निर्माणमा प्रगति भएको छैन । अस्पतालको पिल्लर उठाएर पहिलो ढलान मात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन”, उहाँले भन्नुभयो ।
देवघाट गाउँपालिकाले पटकपटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएको थियो । ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इञ्जिनियर ढुङ्गानाले बताउनुभयो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली विसं २०७७ मा प्रधानमन्त्री हुँदा उहाँ नेतृत्वको सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल बनाउने नीति ल्याएकामा देवघाटमा १० शय्याको अस्पताल बनाउने निर्णय भएको थियो ।
अस्पताल निर्माण गर्न आवश्यक पर्ने जग्गा देवघाट–५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा अस्पतालको शिलान्यास गरिएको थियो । रासस
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


