
नेपाल हेल्थ न्युज,बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पाँच महिनाअघि भएको आगलागीका कारण सिटी स्क्यान र एक्सरेजस्ता महत्वपूर्ण मेसिनहरू अझै सञ्चालनमा आउन सकेका छैनन्।
अस्पतालले विद्युत् कनेक्सन सुचारु गर्न चार महिना लगाएको भएपनि सिटी स्क्यानको सिपियु र कन्ट्रोल बक्समा देखिएको समस्याका कारण सेवा पुनः सञ्चालनमा ढिलाइ भएको छ। अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद शाहका अनुसार यी उपकरणहरू जर्मनीबाट ल्याउनुपर्ने र करिब ३६ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ।
सेवाग्राहीहरू हाल महँगो मूल्य तिरेर निजी प्रयोगशालामा जाँच गराउन बाध्य भएका छन्। अस्पतालमा सात हजार पाँच सय रुपैयाँमा हुने सिटी स्क्यान निजी प्रयोगशालामा पन्ध्र हजार रुपैयाँसम्म पर्ने सेवाग्राहीहरू बताउँछन्। यसले गर्दा अस्पतालमा आउने सेवाग्राहीहरूको सङ्ख्या २५ सयदेखि ३ हजारको हाराहारीबाट घटेर २ हजार आसपासमा झरेको छ।
अस्पतालमा बहुप्रतिक्षित २५ करोडको लिन्याक मेसिन ८ महिनादेखि आएर पनि सञ्चालनमा आएको छैन। दक्ष जनशक्ति अभावका कारण यो मेसिन सञ्चालन हुन सकेको छैन। साथै, अस्पतालमा मेडिकल अङ्कोलोजिस्ट र रेडियोलोजिस्टको पनि अभाव छ, जसका कारण सेवाग्राहीहरूले चितवनसम्म धाउनुपर्ने अवस्था आएको छ।
अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले मेसिनहरू सुचारु गर्न प्रयास भइरहेको बताए पनि हालसम्म ठोस परिणाम आउन नसक्दा सेवाग्राहीहरूले निरन्तर दुःख पाइरहेका छन्। सरला सुवेदी/रेडियोनेपाल
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
