
नेपाल हेल्थ न्युज, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताउनुभएको छ ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताउनुभयो। सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबीबीएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताउनुभयो।
उहाँले भन्नुभयो– “अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ।” तत्कालका लागि ६ प्रदेशका एक/एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पु¥याउने विषयमा गृहकार्य थालिएको उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो– “चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छौं, सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन। यस्ता बिदा वर्षमा २४ दिन हुन्छन्। ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ।”
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
